Online Nepal
  • बिहिबार, २० बैशाख २०८१
  • नारायणहिटी दरबार संग्रहालय अगाडि प्रदर्शन

    नारायणहिटी दरबार संग्रहालय अगाडि प्रदर्शन

    अनलाइन नेपाल
  • शनिबार, २० माघ २०८०
  • 489
    SHARES

    काठमाडौं । राजसंस्था समर्थकहरूले काठमाडौं नारायणहिटी दरबार संग्रहालय अगाडि प्रदर्शन गरेका छन्।

    मुलुकमा हिन्दू राष्ट्रसहितको राजसंस्था पुनःस्थापना हुनुपर्ने माग राख्दै उनीहरूले प्रदर्शन गरेका हुन्।



    नेपाली झण्डासहित प्रदर्शनमा सहभागीहरूले राजसंस्थाको पक्षमा नारा लगाएका थिए।



    प्रदर्शनमा राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शमशेर राणाले दलका नेताहरूले मुलुकलाई भ्रष्टाचारमा डुबाएको भन्दै देशमा अन्तिम आन्दोलन गर्न तयार भएको बताए।

    उनले मुलुकलाई अघि बढाउन हिन्दू राष्ट्रसहितको राजसंस्था अनिवार्य भइरहेको बताए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार