Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको विवाह अवैध ठहर, ७ वर्ष जेल सजाय

एजेन्सी । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान र उनकी श्रीमती बुशरा बीबीको विवाहलाई अवैध ठहर गरेको छ ।

पाकिस्तानको एक अदालतले सो फैसला गर्दै खानजोडीलाई सात वर्ष जेल सजाय सुनाएको हो ।

उनीहरुबीचको विवाह गैर इस्लामिक र गैरकानुनी ठहर गर्दै अदालतले पाँच लाख पाकिस्तानी रुपैयाँ जरिबानासहित सात वर्षको जेल सजाय सुनाएको बताइएको छ ।

बुशरा बीबीका पूर्व पतिले उजुरी दिएका थिए । बीबीका पूर्व पतिले खानसँग विहे गरेर बुशराले आफूलाई धोका दिएको आरोप लगाउदै आएका छन् ।

इमरान खान र बुशरा बीबीको सन् २०१८ मा बिवाह भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077