Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गर्भवती महिला प्रहरीलाई अब छुट्टै पोसाक

काठमाडौं । प्रहरी प्रधान कार्यालयले गर्भवती महिला कर्मचारीका निम्ति छुट्टै पोसाकको व्यवस्था गरेको छ ।

अहिलेकै पोसाकमा गर्भवती महिला प्रहरीलाई ड्युटी गर्न गाह्रो हुने भएपछि प्रहरी प्रधान कार्यालयले उनीहरूलाई सहज हुने पोसाक दिने निर्णय गरेको छ ।

नेपाल प्रहरीमा रहेको ८० हजार जनशक्तिमा सात हजार महिला प्रहरी कर्मचारी छन् । देशभरका गर्भवती महिला प्रहरी कर्मचारीका लागि प्रहरी प्रधान कार्यालयले छुट्टै पोसाक सिलाएर पठाएको छ।

पहिलो चरणमा करिब ३०० गर्भवती महिला कर्मचारीका निम्ति पोसाक तयार पारिएको प्रहरी प्रधान कार्यालयले जानकारी गराएको छ ।

प्रहरी समन्वय समिति (पीसीसी)को बैठकबाट छुट्टै कार्यविधि बनाएर गर्भवती महिला कर्मचारीका लागि पोसाक तयार पारिएको जनाइएको छ ।

गर्भवती महिला प्रहरीका निम्ति यसअघि छुट्टै पोसाक थिएन । प्रहरीको नीति समन्वय समितिको बैठकले डाक्टर तथा नर्सहरूले प्रयोग गर्ने गाउनजस्तै पोसाक गर्भवती महिला प्रहरीलाई दिने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077