Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

नाबालिकाको नक्कली फेसबुक बनाएर अश्लील म्यासेज पठाउने राजकुमार पक्राउ

काठमाडौं । नाबालिकाको नाम र तस्बिर राखेर फेक फेसबुक एकाउन्ट बनाएर चरित्र हत्या गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा काठमाडौँको कीर्तिपुर नगरपालिका–१० निवासी ३७ वर्षीय राजकुमार महर्जन रहेका छन् ।

उनलाई केन्द्रीय साइबर ब्यूरोले पक्राउ गरेको हो। पक्राउ परेका महर्जन विरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अनुसार ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ।

उनले एक नाबालिकाको नाम र तस्बिर राखेर फेक फेसबुक अकाउन्ट खोलेर साथी बनाउँदै अश्लिल म्यासेज तथा भिडियो/फोटो पठाउने गरेको साइबर ब्यूरोले जनाएको छ।

पीडित बालिकाको आफन्तले साइबर ब्यूरोमा जाहेरी दिएपछि उनलाई भोटाहिटी चोकबाट माघ १८ गते प्रहरीले पक्राउ गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077