Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

लागुऔषधसहित धनबहादुर पक्राउ

कैलाली । कैलालीमा लागुऔषध (चरेस) सहित एकजना पक्राउ परेका छ । पक्राउ पर्नेमा बझाङको चिरबिथ्थड गाउँपालिका वडा नम्बर २ बस्ने ४० वर्षीय धन बहादुर बोहरा रहेका छन् ।

उनलाई आइतबार दिउँसो सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीबाट खटिएको आरआईटी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट सादा पोषाकमा खटिएको प्रहरी टोलीले धनगढी उपमहानगरपालिका वडा नम्बर ३ स्थित रहेको ज्ञानु प्लाजा होटेल नजिकबाट पक्राउ गरेको हो ।

सुपप्र ०४००१प१४६७ नम्बरको मोटरसाइकल चालक बोहरालाई शंका लागि चेकजाँच गर्दा चरेस जस्तो देखिने कालो पदार्थ कुल तौल १ किलो ४० ग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनीमाथि प्रहरीले थप अनुसन्धान कार्य थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077