Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

झलनाथ खनाललक्षित माधव नेपालको टिप्पणी - जबज किमार्थ त्याग्न सकिँदैन

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको बहुदलीय जनवाद (जबज) किमार्थ त्याग्न नसकिने बताएका छन् ।

पार्टी उपाध्यक्ष डा. वेदुराम भुसालको पुस्तक ‘जनताको बहुदलीय जनवादको विकासक्रम’ को आइतवार काठमाडौँमा विमोचन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।

उनले हिजो जनताको बहुदलीय जनवादीलाई दक्ष प्रजापतिको टाउको भन्नेहरूले आज पनि त्यो विचार सिध्याउने षड्यन्त्र गरिरहेको भन्दै आक्रोशसमेत पोखे ।

पार्टीका सम्मानित नेता झलनाथ खनालप्रति संकेत गर्दै उनले जनताको विश्वास कसरी जित्ने भन्ने नाममा जबजलाई परित्याग गर्नुलाई आफूले कुनै पनि रुपमा ठिक भन्न नसक्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077