Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौं । दुईवटा संसदीय समितिको बैठक आज बस्दैछ ।

जसअनुसार आज संघीय संसद् प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो ।

बैठक आज दिउँसो १ बजेबाट सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्नेछ । बैठकमा सुरक्षण मुद्रण विधेयकको सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै, राष्ट्रिय सभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठक दिउँसो १ बजे नै बस्नेछ । बैठकमा तहगत अन्तरसम्बन्ध र समन्वयसम्बन्धी प्रादेशिक कार्यक्रमको प्रतिवेदन सम्बन्धमा छलफल हुने एजेण्डा छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077