Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सामाजिक सुरक्षा भत्तामा भ्रष्टाचार गर्ने तत्कालीन गाविस सचिव घिमिरे दोषी ठहर

काठमाडौं । विशेष अदालतले सिरहाको तत्कालीन राजपुर गाउँ विकास समितिका सचिव केशव घिमिरेलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेको छ।

विशेष अदालतले सोमबार सचिव घिमिरेलाई दोषी ठहर गर्दै ४ वर्ष कैद र बिगो तथा जरिवाना भराउने फैसला सुनाएको हो।

विशेष अदालतले भ्रष्टाचार निवारण ऐनको दफा १७ अनुसार ३ वर्ष कैद र २४ लाख ९२ हजार ५ सय १० रुपैयाँ जरिवाना गर्ने फैसला सुनाएको छ। त्यस्तै विशेषले उनलाई थप १ वर्ष क कैद र २ लाख ६७ हजार २६ रुपैयाँ भ्रष्टाचार निवारण ऐनको दफा ८(१) बमोजिम हुने फैसलामा भनेको छ।

विशेष अदालतका अध्यक्ष टेकनारायण ढुङ्गाना, न्यायाधीशहरु तेजनारायणसिंह राई र मुरारिबाबु श्रेष्ठको इजलासले यस्तो फैसला सुनाएको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घिमिरेले आर्थिक हिनामिना गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

अख्तियारले आन्तरिक आय तथा सामाजिक सुरक्षा भत्ता बापतको करिब २५ लाख रुपैयाँ हिनामिना गरेको आरोपमा अख्तियारले सचिव घिमिरे सहित तीन जना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो।

विशेषले सिरहाका तत्कालीन तीन गाविसले बिगो भराई पाउने ठहर पनि गरेको छ। विशेषले घिमिरेसँग सिरहाको तत्कालीन राजपुर गाविसले २ लाख २६ हजार ६ सय ३३ रुपैयाँ, अर्नमा प्रारा गाविसले २२ लाख ६५ हजार ८ सय ७७ र तत्कालीन राजपुर गाविसले २ लाख ६७ हजार २६ रुपैयाँ बिगो घिमिरेबाट पाउने फैसला सुनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077