Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

बालेनलाई मन्त्री गुरुङको चेतावनी - धरहरामा पार्किङ नरोके परिणाम राम्रो हुँदैन

काठमाडौँ । सहरी विकासमन्त्री सीता गुरुङले धरहरामा निर्माण कार्य पूरा नहुँदै काठमाडौं महानगरले जबरजस्त ढङ्गले पार्किङ गर्ने व्यवस्था गर्नु विधिको शासन विपरीत भएको बताएकी छिन् ।

सोमबार प्रतिनिधि सभाको बैठकपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा मन्त्री गुरुङले सो कुरा बताएकी हुन् ।

उनले काम गर्नेलाई समय र वातावरण महानगरले दिनुपर्ने भन्दै पार्किङ गर्न जाँदा अक्सिजन नपुगेर क्षति भयो भने कसले व्यहोर्ने भन्दै महानगरलाई प्रश्न गरिन् ।

महानगरपालिकाले निर्माणाधीन धरहराको भूमिगत पार्किङ नरोके परिणाम राम्रो नहुने पनि चेतावनी दिइन् ।

महानगरपालिकाले निर्माणाधीन धरहराको भूमिगत पार्किङमा कसैसँग पनि समन्वय र छलफल बिना जबरजस्ती रुपमा पार्किङ गराउनु विधि विपरीत रहेको उनको भनाई छ ।

महानगरका मेयर बालेन शाहले केहि दिन अगाडि मात्रै धरहराको भूमिगत पार्किङमा निःशुल्क पार्किङको व्यवस्था गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077