Jul 27 2026 | २०८३, श्रावण ११ गते

27 Jul 2026 | सोमवार, श्रावण ११ गते २०८३

सोमवार, श्रावण ११ गते २०८३
images
images

विद्यार्थीबीच 'ग्याङ फाइट', खुकुरी र नकसहित ८ जना समातिए

कैलाली । कैलालीमा विद्यार्थीहरुबीच ग्याङ फाइट भएको छ ।

जिल्लाको गौरीगंगा नगरपालिका–१ गोप्काको पशुपति माध्यमिक विद्यालयमा अध्ययनरत विद्यार्थीबीच सोमबार दिउँसो सामूहिक झडप भएको हो ।

झडपमा संलग्न दुवै पक्षका ८ जनालाई खुकुरी र नकसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

उनीहरुबीचको झडपको कारण भने खुलेको छैन् । चौमाला प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ तथा घटनाबारे थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077