Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

धरहराको महत्व नबुझ्नेले आलोचना गर्नु स्वाभाविक हो : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले धरहरा पुनर्निर्माण परियोजनाको महत्व नबुझेकाले त्यसको आलोचना गरेको बताएका छन् ।

मंगलबार बिहान सामाजिक सञ्जालमार्फत् प्रतिक्रिया दिँदै महासचिव पोखरेलले निर्माणकार्य उतिबेलै सम्पन्न भइसकेको बताएका हुन् ।

काम भने कछुवाको गतिमा जारी रहेको महासचिव शंकर पोखरेलको भनाइ छ।

महासचिव पोखरेलले भने,'तत्कालिक प्रधानमन्त्रीले नवनिर्मित धरहरा उद्घाटन गरेको हो । जसको निर्माणकार्य उतिबेलै सम्पन्न भइसकेको छ। अरु परियोजनाको काम सरकार परिवर्तनका कारणले विलम्ब भएको छ । तर निर्माण सम्झौता पहिले भएका कारणले काम भने कछुवाको गतिमा जारी छ । यो परियोजनाको दुरदर्शी दृष्टिकोण र महत्व नबुझ्नेले त्यसको आलोचना गर्नु स्वाभाविक हो ।'

अहिलेसम्म निर्माण सम्पन्न हुन नसकेको धरहराको भने झण्डै तीन वर्षअघि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए ।

११ वैशाख २०७८ मा ओलीले तामझामका साथ धरहराको उद्घाटन गरेका थिए ।

धरहरा पुननिर्माणको परियोजनाअन्तर्गत त्यसलाई नयाँ स्वरूपमा निर्माण गर्नेगरी पाँच भागमा विभक्त गरिएको महासचिव पोखरेलले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077