Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

६ महिनामै भित्रियो ७ खर्ब ३३ अर्ब रुपैयाँ रेमिट्यान्स

काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा रेमिट्यान्समार्फत ७ खर्ब ३३ अर्ब २२ करोड रुपैयाँ भित्रिएको छ ।

राष्ट्र बैंकको मासिक प्रतिवेदनअनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो २५.३ प्रतिशतले बढी हो ।

अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह २४।३ प्रतिशतले बढेको थियो ।

राष्ट्र बैंकको प्रतिवेदनमा भनिएको छ,‘अमेरिकी डलरमा रेमिट्यान्स आप्रवाह २२.६ प्रतिशतले वृद्धि भई ५ अर्ब ५२ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १३.९ प्रतिशतले बढेको थियो ।’

चालु आर्थिक वर्षको पहिलो ६ महिनामा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको संख्या २ लाख ७ हजार ९ सय ७० र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ३५ हजार ४ सय ३५ रहेको छ ।

अघिल्लो वर्षको सोही अवधिमा अन्तिम श्रम स्वीकृति लिने नेपालीको संख्या २ लाख ७५ हजार ६ सय ४३ र पुनः श्रम स्वीकृति लिनेको संख्या १ लाख ४२ हजार ५ सय ४८ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077