Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

केपी ओली कपको खेलतालिका सार्वजनिक

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालको आयोजनामा हुने दोस्रो संस्करणको केपी ओली कपको खेलतालिका सार्वजनिक भएको छ ।

यही फागुन ११ गतेदेखि १९ गतेसम्म हुने प्रतियोगिताका लागि मंगलबार खेलतालिका सार्वजनिक गरेको हो।

उद्घाटन खेलमा केपी ओली फुटबल क्लब र चर्च ब्वाईज युनाईटेडबीच प्रतिस्पर्धा हुने भएको छ ।प्रतियोगीतामा केपी ओली फुटबल क्लबका साथै सात ए डिभिजन क्लबले सहभागीता जनाउनेछन् ।

त्यस्तै भारतको दिल्ली फुटबल क्लव र भारत वेष्ट बंगालको मानेभङ्ज्याङ क्लबले समेत सहभागीता जनाउने आयोजकले जनाएको छ । प्रतियोगितामा बिजयी टोलीले ११ लाख रुपैयाँ र दोस्रो हुने टोलीले पाँच लाख रुपैयाँ प्रदान गरिन युवा संघले जनाएको छ ।

प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई पनि एक लाख रुपैयाँ नगद पुरस्कार प्रदान गरिने, यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट गोलकर्ता र उदीयमान खेलाडीलाई पनि जनही ५० हजार पैयाँ पुरस्कार प्रदान गरिने जनाइएको छ भने हरेक खेलको म्यान अफ दी म्याचले पनि १५ हजार रुपैयाँ नगद पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077