Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

मृतक प्रहरी जवान डाँगीको परिवारलाई साढे दुई लाख आर्थिक सहयोग

बाँके । जिल्ला प्रहरी कार्यालय बाँकेले सडक दुर्घटनामा परी मृत्यु भएका प्रहरीको परिवारलाई आर्थिक सहयोग गरेको छ ।

सडक दुर्घटनामा परी मृत्यु भएका प्रहरी जवान विकाश डाँगीको परिवारलाई सहयोग स्वरूप दुई लाख ६० हजार ७८ रुपैयाँ सहयोग गरिएको हो ।

बर्दिया स्थायी घर भएका डाँगीको गत माघ १४ गते डिउटीमा खटिएको समयमा नेपालगन्ज उपमहानगरपालिका १८ स्थित नेपालगन्ज–कोहलपुर सडक खण्डमा सवारी साधनले ठक्कर दिँदा मृत्यु भएको थियो ।

जिल्ला प्रहरी कार्यालय र मातहतका प्रहरी इकाईहरूमा कार्यरत प्रहरी अधिकृत तथा प्रहरी कर्मचारीबाट सङ्कलन गरिएको सो रुपैयाँ प्रहरी निरीक्षक सुजन शाहले मृतक डाँगीको घर मधुवन नगरपालिका-८ बर्दिया पुगेर आश्रित परिवारलाई हस्तान्तरण गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077