Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

शिक्षा शाखा प्रमुखलाई कालो मसो दल्ने रम्तेल पक्राउ

कैलाली । शिक्षा अधिकृतलाई कालो मोसो दल्ने एकजना पक्राउ परेका छन ।

कैलालीको लम्कीचुहा नगरपालिका – ४ बस्ने लम्कीचुहाका शिक्षा अधिकृत गौरीकान्त न्यौपानेलाई कालोमोसो दलेको आरोपमा लम्कीचुहा नगरपालिका –९ का ३१ वर्षीय नेकपा क्रान्तिकारी (वैद्य) सुदूरपश्चिम युवा संगठन इञ्चार्ज भुवन रम्तेल पक्राउ परेका हुन् ।

उनलाई सुपप.०१–००९ प ७३२२ नम्बरको मोटरसाइकलसहित कैलारी गाउँपालिका – ७ बाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । उनीमाथि प्रहरीले थप अनुसन्धान थालेको छ ।

सोमबार कार्यालयबाट घर फर्कने क्रममा शिक्षा अधिकृत न्यौपानेलाई बलिया स्थित पुर्ब पश्चिम राजमार्गमा ४÷५ जनाले कालो मोसो दलेका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077