Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

प्रक्रिया पूरा भएका कम्पनीका आईपीओ निष्कासन गर्न नरोकियोस् : अध्यक्ष ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले प्रक्रिया पूरा भएर पनि रोकिएका कम्पनीका आईपीओहरु निष्कासन गर्न अनुमति दिन आग्रह गरेका छन्।

बुधबार इकोनोमिक मिडिया एसोसिएशन नेपालले आयोजना गरेको अन्तर्क्रिया कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले यस्तो बताएका हुन्।

अध्यक्ष ढकालले करिब २५ देखि ३० वटासम्म कम्पनीहरु नियमित आईपीओमा लैजानका लागि लाइनमा रहेको भएपनि केही महिना यता रोकिएको बताए।

उनले प्रिमियममा दिनुपर्ने र गम्भीर प्रकृतिका बाहेक प्रक्रिया पूरा गरिसकेका कम्पनीका आईपीओ निष्कासन गर्न दिनुपर्ने बताए।

अध्यक्ष ढकालले धितोपत्र बोर्डको अध्यक्ष नभएकै कारण प्रक्रिया पूरा भइसकेका कम्पनीको आइपीओ निष्कासन रोक्नु नहुने बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077