Online Nepal
  • सोमबार, ७ जेष्ठ २०८१
  • बाँसबारी जग्गा प्रकरण

    अरुण चौधरीसहित तीन जनालाई छाड्ने सीआईबीको तयारी

    अरुण चौधरीसहित तीन जनालाई छाड्ने सीआईबीको तयारी

    अनलाइन नेपाल
  • बुधबार, २४ माघ २०८०
  • 582
    SHARES

    काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको जग्गा घोटाला प्रकरणमा पक्राउ परेका उद्योगी अरुण चौधरीसहित ३ जनालाई आज छाड्ने तयारी गरिएको छ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले किर्ते र ठगी मुद्दामा अनुसन्धान कायमै राखेर चौधरीसहित तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण थापा र सञ्चालक समितिका अध्यक्ष सञ्जय ठाकुरलाई अदालतको आदेशअनुसार छाड्न लागेको हो ।



    काठमाडौं जिल्ला अदालतले सोमबार बाँसबारी जग्गा घोटाला प्रकरणमा पक्राउ परेका उद्योगी अरुणकुमार चौधरीसहित तीन जनालाई थप दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको थियो ।



    तर, दुई दिनभित्र अनुसन्धान नसके जमानीमा छोड्न आदेश गरेको थियो।

    सीआईबीले चौधरी सहित तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष थापा र सञ्चालक समिति अध्यक्ष ठाकुरलाई गत बिहीबार काठमाडौंबाट पक्राउ गरेको थियो ।

    उनीहरूलाई सुरुमा ४ दिनको म्याद दिइएको थियो। उक्त म्याद सकिएपछि प्रहरीले सोमबार उनीहरुलाई थप म्याद थपका लागि अदालतमा ल्याएको थियो । चौधरीले नियमविपरीत भए आफु जग्गा फिर्ता गर्न तयार रहेको बताएका थिए ।

    सरकारी वकिलको रोहबरमा सीआईबीका अनुसन्धान अधिकृतहरुले लिएको बयानमा उनले कानुन अनुसार नभएको भए जग्गा फिर्ता गर्न आफू तयार रहेको बताएका थिए।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार