Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • भ्रष्टाचारको मुद्दामा यातायात कार्यालय कोशीका तत्कालीन प्रमुखसहित १७ जनाले पाए सफाइ

    भ्रष्टाचारको मुद्दामा यातायात कार्यालय कोशीका तत्कालीन प्रमुखसहित १७ जनाले पाए सफाइ

    अनलाइन नेपाल
  • बुधबार, २४ माघ २०८०
  • 465
    SHARES

    काठमाडौं । विशेष अदालतले ४२ करोड रुपैयाँ भ्रष्टाचारको मुद्दामा यातायात व्यवस्था कार्यालय कोशीका तत्कालीन प्रमुख नयनराज नेपालसहित १७ जनाले सफाइ दिएको छ ।

    विशेष अदालतका न्यायाधीशहरु टेक नारायण कुँवर, तेज नारायण सिंह राई र मुरारीबाबु श्रेष्ठको मंगलबारको इजलासले उनीहरुलाई सफाइ दिएको हो।



    २०७७ जेठ २५ गते नेपालसहित १७ जनालाई प्रतिवादी बनाउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको थियो।



    अख्तियारले तत्कालीन कार्यालय प्रमुख नेपाल (यातायात व्यवस्था कार्यालय (सवारी) कोशी) विरुद्ध १ करोड ८ लाख २९ हजार ६९ रूपैयाँ बिगो कायम गर्दै बिगोअनुसार जरिवाना हुनुपर्ने माग दाबी गरेको थियो।

    त्यसैगरी अर्का तत्कालीन कार्यालय प्रमुख तिर्थराज लम्सालविरूद्ध ३ करोड ३० लाख ७९ हजार ३ सय ७३, तत्कालीन कार्यालय प्रमुख गोपाल थपलियाविरुद्ध १ करोड ३० लाख ७२ हजार १ सय ५३ रूपैयाँ र तत्कालीन कार्यालय प्रमुख भुपेन्द्र राई ५६ लाख १२ हजार ५ सय ४७ रूपैयाँ बिगो कायम गरी बिगोअनुसार जरिवाना दाबी गरिएको थियो।

    त्यस्तै, तत्कालीन लेखा अधिकृत टीकाराम अधिकारीविरूद्ध १ करोड २५ लाख ४८ हजार ६ रूपैयाँ, तत्कालीन लेखापाल सुरेश अधिकारीविरूद्ध ३ करोड ७२ लाख ४४ हजार ७५५ रूपैयाँ, तत्कालीन लेखापाल रुद्रप्रसाद दाहालविरूद्ध ३ करोड ४८ लाख ९३ हजार २१६ रूपैयाँ, तत्कालीन लेखापाल अर्जुन भट्टराईविरुद्ध २ करोड १७ लाख ३२ हजार ४७३ रूपैयाँ, तत्कालीन लेखापाल कृष्णप्रसाद कट्टेलविरूद्ध ७३ लाख ६२ हजार ४५५ रूपैयाँ बिगो कायम गरिएको थियो।

    कम्प्युटर अपरेटर (करार) सुजन राईविरूद्ध २२ लाख ४४ हजार ३३६ रूपैयाँ, कम्प्युटर अपरेटर राकेश रोशन मस्राङ्गी मगर (फोकस वान नेपाल प्रालि) विरूद्ध ५ करोड ९४ लाख ९८ हजार ९३१ रूपैयाँ बिगो कायम गरी मुद्दा दायर भएको थियो।

    कम्प्युटर अपरेटर रमेश पौडेल, भूमिराज अधिकारी, हरिदमन ढुंगेलविरुद्ध जनही ५ करोड ९४ लाख ९८ हजार ९३१ रुपैयाँ बिगो कायम गरिएको थियो।

    कम्प्युटर अपरेटर दिपेन्द्रकुमार मण्डलविरूद्ध १ लाख ४६ हजार ५ सय २६ रूपैयाँ, कम्प्युटर अपरेटर मैयाकुमारी चापागाईंविरूद्ध २२ लाख ४४ हजार ३ सय ३६ रूपैयाँ र कम्प्युटर अपरेटर रविन कुमार विश्वासविरूद्ध ४५ हजार ४ सय ६१ रूपैयाँ बिगो कायम गरी बिगोअनुसार जरिवाना मागदाबी गरी मुद्दा दायर भएको थियो।

    राजस्व हिनामिना गरेको भन्दै दायर भएको उक्त मुद्दामा सबैले सफाइ पाएका छन्।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार