Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

राज्यको सम्पत्ति दोहन गर्नेहरूलाई नै राजनीतिक संरक्षण मिलेको छ : रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राज्यको सम्पती दोहन गर्नेलाई राजनीतिक संरक्षण मिलेको आरोप लगाएका छन्।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सभापति लामिछानेले यस्तो बताएका हुन् । सभापति लामिछानेले नागरिकता किर्ते, सरकारी जग्गा कब्जा, भ्रष्टाचार गर्नेहरुलाई राजनीतिक संरक्षण मिलेको र कारवाही हुन नसकेको बताए।

उनले आफ्नो पार्टीले अनियमिता गर्नेलाई ७२ घण्टाभित्र कारबाही गरेको उल्लेख गर्दै अन्य दलमा रहेका दोहनकारीलाई कारवाही गर्न कसले रोक्यो भन्दै प्रश्न समेत गरे।

सभापति लामिछानेले अधिकार निकाय प्राप्त संस्थाले बयानका लागि बोलाउँदा पनि नजाने नेताका दलहरुले सदनबाट सुशासन र छेडखानीको कुरा गर्न नसुहाउने उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077