Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

एमाले महासचिव पोखरेलले भने - सत्ता गठबन्धनकै कारण मुलुक अप्ठ्यारोमा पर्‍यो

रुपन्देही । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सत्ता गठबन्धन आबद्ध दलहरूकै कारण मुलुक सबै क्षेत्रबाट अप्ठ्यारोमा परेको बताएका छन् ।

एमाले रुपन्देहीले आयोजना गरेको प्रशिक्षण कार्यक्रममा बोल्दै महासचिव पोखरेलले यस्तो बताएका हुन् ।

महासचिव पोखरेलले निर्वाचनअघि नै गठबन्धन गरेर मुलुकलाई बन्धक बनाउने काम भइरहेको र त्यसपछिका काम पनि त्यसैगरी अन्यौलतामा बितिरहेको बताए ।

महासचिव पोखरेलले भने,‘सरकार सत्ताको खेलमा मात्र व्यस्त छ, विकास निर्माणका काम अलपत्र छन् । ऋण दैनानुदिन बढिरहेको छ । जनता गरिबीले छट्पटिएका छन् । युवा विदेश जान बाध्य छन्।’

एमालेको सरकारले मात्र मुलुकको विकास गर्ने उनले दाबी गर्दै विगतका आन्दोलनबाट पाठ सिकेर सबै राजनीतिक दल अगाडि बढ्नुपर्ने र देश र जनताको हितमा काम हुन एमालेको बहुमत आउनुपर्नेमा महासचिव पोखरेलले जोड दिए ।

आन्दोलन संस्थागत गर्ने वेला कांग्रेसले जहिल्यै धोका दिने गरेको उनले आरोप लगाएका छन् ।नेकपा एमालेको नेतृत्व बनेका स्थानीय सरकारले उदाहरणीय काम गर्नुपर्ने महासचिव पोखरेलले बताए।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077