Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रहरीलाई झुटो निबेदन दिने अधिकारी पक्राउ, ऋण नतिरेर उल्टै दिएका थिए उजुरी !

पूर्वी नवलपरासी । प्रहरीलाई झुटो विवरण दिने एक युवक पक्राउ परेका छन् ।

आफूले लिएको ऋण नतिरेर उल्टै मिटर ब्याजमा ऋण लगाएको भन्दै गलत सूचना दिने कावासोती नगरपालिका १७ बस्ने वर्ष ४६ का केशब प्रसाद अधिकारी पक्राउ परेका हुन् ।

अधिकारीले कास्की पोखरा महानगरपालिका-१४ चाउथे बस्ने वर्ष ३५ की मल्लिका दाहालसँग गत जेठ १० गते ३७ लाख सापटी लिएका थिए ।

भाका पुगेपछि दाहाल पैसा लिन घरमा आउँदा अधिकारीले आफूलाई दाहालले अपहरण गरेको भन्दै झुटो विवरणसहित प्रहरीमा निबेदन दिएका थिए ।

अनुसन्धानका क्रममा अनुचित ब्याज मागेको नपाइएको र अपहरणको कुनै हर्कत दाहालले नगरेको पुष्टि भएको प्रहरीले जनाएको छ । झुठा बिबरण दिएको प्रमाणका आधारमा अधिकारीमाथि प्रहरीले थप कारबाही गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077