Jul 21 2026 | २०८३, श्रावण ५ गते

21 Jul 2026 | मंगलवार, श्रावण ५ गते २०८३

मंगलवार, श्रावण ५ गते २०८३
images
images

त्रिवि उपकुलपति नियुक्तिमा प्रधानमन्त्री प्रचण्डको ‘गफै बढी’

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) मा उपकुलपति नियुक्तिमा विलम्ब हुँदै जाँदा दलहरूबीच भागबण्डा नमिलेको अड्कलबाजी सरोकारवालाले गर्न थालेका छन्। त्रिविमा कात्तिक १७ गतेपछि उपकुलपति पद खाली छ। निमित्त उपकुलपतिको भरमा त्रिवि छ।

उपकुलपति मात्र होइन, त्रिविमा रजिस्ट्रार र सेवा आयोगका सदस्यको पद पनि रिक्त छ। शिक्षाध्यक्षले निमित्त उपकुलपतिको जिम्मेवारी पाएका छन्। लामो समयसम्म त्रिवि निमित्तका भरमा चल्नुपर्दा शैक्षिक, आर्थिक र प्रशासनिक क्षेत्रमा व्यवधान भएको छ।

प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति पुष्पकमल दाहालले भने विश्वविद्यालयहरूलाई राजनीतिमुक्त बनाउन हरेक नियुक्ति खुला प्रतिस्पर्धाबाटै गर्ने बताउँदै आएका छन्। प्रधानमन्त्रीको प्रतिबद्धताबमोजिम त्रिविमा खुला प्रतिस्पर्धाबाट उपकुपति नियुक्त गर्न छनोट एवं सिफारिस समिति गठन गरिएको छ। समितिले खुला रूपमा आवेदन मागेको छ र प्राप्त आवेदनमाथि छानबिन भइरहेको छ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री एवं त्रिविका सहकुलपति अशोक राईको संयोजकत्वमा गठित समितिले विभिन्न मापदण्ड प्रयोग गरी आवेदकमध्येबाट ‘सर्टलिस्ट’ निकाल्ने तयारी गरिरहेको मन्त्रालयले जनाएको छ।

यसैबीच मंगलबार मन्त्रालयले पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपतिका लागि आवेदन मागेको छ। शिक्षामन्त्री राईको संयोजकत्वमा गठित छनोट तथा सिफारिस समितिले फागुनमा रिक्त हुने पूर्वाञ्चल विश्वविद्यालयको उपकुलपति पदका लागि खुला रूपमा आवेदन मागेको हो।

यसैगरी फागुन १९ गते रिक्त हुने मध्यपपश्चिमाञ्चल र सुदूरूपश्चिमाञ्चल विश्वविद्यालयको उपकुलपति छनोट तथा सिफारिस गर्न विश्वविद्यालय अनुदान आयोगका अध्यक्ष देवराज अधिकारीको संयोजकत्वामा छुटाछुटै दुई समिति गठन गरिएको छ। नागरिक दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077