Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

पश्चिम पाकिस्तानमा विष्फोट हुँदा ८ जनाको मृत्यु

एजेन्सी । पाकिस्तानको दक्षिणपश्चिम बलुचिस्तान प्रान्तमा भएको विष्फोटमा परी कम्तीमा आठ जनाको मृत्यु भएको छ ।

पिसिन जिल्लामा एक राजनीतिक नेताको निर्वाचन कार्यालय नजिकै विष्फोट भएको हो ।

विष्फोट लगत्तै उद्धार टोली, प्रहरी र सुरक्षा बल घटनास्थलमा पुगेर घाइतेहरूलाई नजिकैको अस्पतालमा लगिएको थियो।

विष्फोटको कारण अझै खुल्न सकेको छैन। आक्रमणको जिम्मा अहिलेसम्म कुनै समूहले लिएको छैन।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077