Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

दुबई पठाईदिन्छु भन्दै लाखौं ठगी गर्ने शान्ती ललितपुरबाट पक्राउ

काठमाडौं । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले दुबई पठाईदिन्छु भन्दै लाखौ ठगी गर्ने एक महिलालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा चितवनको खैरेनी नगरपालिका-१३ घर भई ललितपुरको गोदावरी नगरपालिका -११ चापागाँउ बस्ने ३९ वर्षीया शान्ती गुरुङ रहेकी छन् ।

पक्राउ परेकी गुरुङले सन्तोषी कुमारी थापासहित ५ जनालाई वर्किङ भिषामा वैदेशिक रोजगारीका लागि दुबई पठाई दिने भन्दै ५ लाख रुपैयाँ ठगी गरेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

गुरुङ ठगी गरेर फरार भएपछि वैदेशिक रोजगार विभागले उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पक्राउ गरी उपस्थित गराइदिन भन्दै पत्र लेखेको थियो।

पत्र पाए लगत्तै उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले गुरुङलाई आज चापागाँउबाट पक्राउ गरेको जनाएको छ ।

पक्राउ परेकी गुरुङलाई थप अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाईएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077