Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

को–को छन् चीनसँग मैत्रीपूर्ण फुटबल खेल्ने नेपाली यू–२३ टोलीमा ?

काठमाडौं । चीनसँग हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपाली यू–२३ टोली घोषणा भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार चिनियाँ युवा टोलीसँग हुने मैत्रीपूर्ण फुटबल खेलका लागि नेपालको तर्फबाट यू–२३ फुटबल टिमको घोषणा गरेको हो ।

चिनियाँ नयाँ वर्षको अवसरमा शनिबार उक्त मैत्रीपूर्ण फुटबल हुँदैछ । नेपालस्थित चिनियाँ राजदूतावास, राष्ट्रिय खेलकुद परिषद (राखेप) र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा मैत्रीपूर्ण खेल हुन लागेको हो ।

चिनियाँ नयाँ वर्षको उपलक्ष्यमा हुन लागेको खेलको सहआयोजकमा एन्फा र नेपाल ओभरसिज चिनियाँ संघ रहेको छ । नेपाली सिनियर टिमका मुख्य प्रशिक्षक चिनसेन्जो अल्बर्टो एनेसले नै युवा टोलीको प्रशिक्षकको भूमिकामा छन् ।

नेपाली टिममा पुजन होना, अजय चौधरी, पदम भट्टराई, छिरिङ लामा, योगेश गुरुङ, बिशाल बस्नेत, समिर तामाङ, प्रशान्त लक्षम, सञ्जिव विष्ट, लकेन लिम्बु, उत्सव राई, सन्तोष खत्री, रोहन कार्की, चन्दन कुमार, विशाल सुनार, कुशल देउवा, सुमित श्रेष्ठ, आयुश घलान, आशिक बाबु, मनिष डाँगी, सन्तोष महत, निरन्जन धामी र अन्जल महर्जन छन् ।

नेपालसँग मैत्रीपूर्ण फुटबल खेल्ने चिनियाँ यान्सुको प्रान्तीय टिम बिहीबार नेपाल आइपुगिसकेको छ । मैत्रीपूर्ण खेल भोली अर्थात शनिबार दिउँसो ३ बजे दशरथ रंगशालामा सुरु हुनेछ । उक्त खेलका लागि साधारणतर्फ ३०० र भीआईपीतर्फ ५०० टिकट दर तोकिएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077