Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

प्रहरीको भ्यानबाट खसेर सहायक हवल्दारको मृत्यु, फर्किँदै थिए ड्यूटी सकेर !

काठमाडौं । प्रहरीको भ्यानबाट लडेर एकजना प्रहरी सहायक हवल्दारको मृत्यु भएको छ ।

गएराति ड्यूटी सकेर फर्किँदै गर्दा प्रहरीको बा १ झ ७४१८ नम्बरको गाडीबाट लडेर हेमराज एलजीको मृत्यु भएको हो ।

जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार सतुंगल नजिकै कोठामा जाँदा ओर्लिने बेला पछाडिबाट सडकमा खस्दा मृत्यु भएको प्रारम्भिक जाँचमा देखिएको छ ।

उनलाई तत्काल उद्धार गरेर नजिकै रहेको मिड पोइन्ट अस्पतालमा लगिएको थियो । तर त्यहाँ उपचार हुन नसकेपछि बलम्बुस्थित सशस्त्र प्रहरी बलको अस्पताल लगिएकोमा चिकित्सकले मृत्यु भएको घोषणा गरेको प्रहरीले जनाएको छ ।

उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको छ । भ्यानका चालक सहायक हवल्दार रामप्रसाद यादवलाई नियन्त्रणमा लिएर प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077