Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

कोशी सरकार र पहिचान पक्षधरबीच भयो पाँच बुँदे सहमति

काठमाडौं । कोशी प्रदेश सरकार र पहिचान पक्षधरबीच ५ बुँदे सहमति भएको छ । शुक्रबार वार्तामा ५ बुँदे सहमति भएको हो ।

पाँच बुँदे सहमतिसँगै कोशी प्रदेशको पक्षमा मतदान गर्ने सांसदलाई गाउँ प्रवेशमा निषेध अभियान पहिचान पक्षधरले फिर्ता लिएको छ । अर्को वार्ता फागुन १० गते भन्दा अगाडि नै गर्ने निर्णय सहमतिमा भएको छ।

शुक्रबार विराटनगरमा संयुक्त पत्रकार सम्मेलन आयोजना गर्दै वार्तामा बसेका दुवै पक्षले सहमतिका बुँदा सार्वजनिक गरेका थिए ।

गएको फागुन १७ मा प्रदेश सभाले प्रदेशको नाम कोशी राखेपछि सभ्यता र संस्कृतिको पहिचान झल्कने नाम नभएको भन्दै संयुक्त संघर्ष समितिले आन्दोलन थालेको थियो।

सहमतिका बुँदा यस्ता छन्–

१. प्रदेशको पुनः नामाकरण सम्बन्धमा सहमति हुने राजनीतिक वातावरण बनाउन सरकार एवं आन्दोलनरत पक्षबाट संविधानसम्मत राजनीतिक पहल एवं छलफल अगाडि बढाउने।

२. आन्दोलनरत पक्षले आन्दोलनको स्वरुप परिवर्तन गरी शान्तिपूर्ण राजनीतिक गतिविधि अगाडि बढाउने र सरकारको तर्फबाट कुनै पनि प्रकारको बल प्रयोग नगर्ने।

३. पहिचानको आन्दोलनका क्रममा भएका घाइतेहरुको उपचारको व्यवस्थापन र शहीद परिवारलाई क्षतिपूर्तिको व्यवस्था प्रदेश सरकारले प्रबन्ध गर्ने।

४. पहिचानको आन्दोलनको क्रममा कारागारमा रहेकाहरुको रिहाइ र मुद्दा लागेका व्यक्तिहरुको मुद्दा फिर्ताको प्रक्रिया प्रदेश सरकारले अगाडि बढाउने।

५. अर्को वार्ता मिति दुवै पक्षका वार्ता समिति संयोजकहरुले आपसमा समन्वय गरी फागुन १० गतेभन्दा अगाडि बस्ने गरी समय र स्थान निर्धारण गर्ने।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077