Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

टेरामक्स खरिद प्रकरणमा अख्तियारले लियो स्वास्थ्यमन्त्री बस्नेतको बयान

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको बयान लिएको छ ।

टेलिकम्युनिकेसन ट्राफिक मनिटरिङ एण्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) प्रणाली खरिद प्रकरणमा अख्तियारले मन्त्री बस्नेतको बयान लिएको हो ।

स्रोतका अनुसार उनले मंगलबार अख्तियारको कार्यालयमा पुगेर बयान दिएका हुन् । यसअघि उनी अख्तियार जान आनाकानी गर्दै आएका थिए ।

बस्नेतले तत्कालीन सञ्चार तथा सूचना प्रविधि मन्त्री हुँदा टेरामक्स प्रणाली खरिदको निर्णय गरेका थिए । हाल स्वास्थ्य मन्त्री रहेका बस्नेतविरुद्ध मुद्दा दर्ताको अन्तिम तयारी अख्तियारले थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077