Online Nepal
  • बिहिबार, ३ जेष्ठ २०८१
  • जर्जियामा बन्दुकधारीले गरे चार जनाको हत्या

    जर्जियामा बन्दुकधारीले गरे चार जनाको हत्या

    अनलाइन नेपाल
  • शुक्रबार, २६ माघ २०८०
  • 528
    SHARES

    फाइल तस्विर

    जर्जीया । दक्षिणपूर्वी जर्जियाली सहर रूस्ताभीमा आक्रमणकारी समूहले गाली हानी चारजनाको हत्या गरेको छ । प्रहरीले आक्रमणमा संलग्न भएको आरोपमा एक व्यक्तिलाई नियन्त्रणमा लिएको त्यहाँको गृह मन्त्रालयले शुक्रबार जनाएको छ ।

    सन् १९८८ मा जन्मिएका ती संदिग्ध आक्रमणकारीले राजधानी त्बिलिसीबाट २५ किलोमिटर टाढा एक लाख २६ हजार मानिसको औद्योगिक केन्द्र रूस्तावी सहरको बजारमा केही राउन्ड गोली चलाएका थिए ।



    “बजारमा काम गर्ने संदिग्धका काकासहित चारजनाको मृत्यु भएको छ,” मन्त्रालयद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।



    शंकास्पद व्यक्तिलाई घटनास्थलबाट नै सुरक्षा नियन्त्रणमा लिइएको छ मन्त्रालयले जनाएको छ । उक्त आक्रमणमा अर्का एकजना घाइते भएका र उनलाई अस्पताल लगिएको छ ।

    समाचार तयार पार्दासम्म आक्रमण के उद्देश्यले गरिएको थियो भन्नेबारे अझै नखुलेको र घटनाबारे अनुसन्धान सुरू गरिएको प्रहरीले जानकारी गराएको छ ।

    जर्जियामा अवैध रूपमा हतियार राख्नेलाई छ वर्षको जेल सजाय हुन सक्छ त्यसैले सशस्त्र झडपका घटना विरलै हुने गरेका छन् ।

    गत वर्ष एक अवकाशप्राप्त सैनिक अधिकारीले देशको पूर्वी काखेती क्षेत्रमा आक्रमण गर्दा प्रहरी अधिकारीसहित पाँचजनाको मृत्यु भएको र अन्य पाँच जना घाइते भउका थिए ।

    सन् २०१४ मा, जर्जीया सरकारले पहिले खुकुलो पारिएका बन्दुकसम्बन्धी कानुनहरूलाई कडा बनाएको थियो, जसले गर्दा मानिसहरूले विशेष अनुमति बिना बन्दुक किन्न वा बोक्न गैरकानुनी हुने घोषणा गरिएको थियो । रासस

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार