Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सहायक हवल्दार मृत्यु प्रकरण : अध्ययन गर्न एसएसपीको नेतृत्वमा समिति गठन

काठमाडौं । प्रहरीको भ्यानबाट लडेर प्रहरी सहायक हवल्दारको मृत्यु भएको प्रकरणमा अनुसन्धान गर्न प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) को नेतृत्वमा समिति गठन भएको छ ।

ड्यूटी सकेर ड्यूटी सकेर फर्किँदै गर्दा गएराति प्रहरी सहायक हवल्दार हेमराज एलजीको मृत्यु भएको थियो ।

सतुंगल नजिकै कोठामा जाने क्रममा बा १ झ ७४१८ नम्बरको गाडीबाट ओर्लिने बेला पछाडिबाट सडकमा खस्दा उनको मृत्यु भएको प्रहरीको प्रारम्भिक जाँचमा देखिएको छ ।

तर उपत्यका प्रहरी कार्यालयले एसएसपी दिनेशराज मैनालीको नेतृत्वमा समिति बनाएर छानबिन थालेको छ । समितिमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट एसपी मिलन केसी र जिल्ला प्रहरी परिसर, काठमाडौंबाट डीएसपी सदस्य रहेका छन् ।

उनको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज राखिएको छ । भ्यानका चालक सहायक हवल्दार रामप्रसाद यादव भने प्रहरीको नियन्त्रणमा छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077