Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

ब्याजमा लिएको पैसा समयमै फिर्ता नगरेको भन्दै पोलमा बाँधेर कुटपिट

महोत्तरी । महोत्तरीमा ब्याजमा लिएको पैसा समयमै फिर्ता नगरेको भन्दै कुटपिट गर्ने एकजना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार पक्राउ पर्नेमा धनुषाको पिपरा गाउँपालिका ६ का रामकुमार शर्मा रहेका छन् । उनलाई प्रहरीले बुधबार पक्राउ गरेको हो ।

मंगलबार दिउँसो शर्माले धनुषाको धनुषाधाम नगरपालिका–५ उमा प्रेमपुर बस्ने ४२ वर्षीय नरेश मण्डललाई पुरानो लेनदेनको कारण आफ्नै घरको सिमेन्टको पोलमा बाँधि अमानवीय व्यवहार गरेका थिए ।

शर्मालाई बुधबार पक्राउ गरी जिल्ला अदालत महोत्तरीबाट ७ दिनको म्याद लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077