Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सहकारी ठगी मुद्धाका फरार प्रतिवादी इन्टरपोलमार्फत कतारबाट पक्राउ

काठमाडौं । सहकारी ठगीमा फरार रहेका एक अभियुक्तलाई प्रहरीले कतारबाट पक्राउ गरेर नेपाल ल्याएको छ ।

काठमाडौंको तिनकुनेस्थित नमस्ते बचत तथा ऋण सहकारी संस्थाका प्रबन्धक गणेश सिजापतिलाई प्रहरीले कतारबाट पक्राउ गरी नेपाल ल्याएको हो ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका-४ गणेशपुर घर भएका सिजापतीलाई एनसीबी दोहाको समन्वयमा कतारमा पक्राउ गरी शुक्रबार काठमाडौं ल्याइएको प्रहरीले जनाएको छ ।

उनीविरुद्ध ठगी मुद्दामा इन्टरपोलमार्फत रेड नोटिस जारी भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077