Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रहरीले लगायो कञ्चनपुरका पत्रकार भट्टलाई हत्कडी !

कञ्चनपुर । कञ्चनपुरका पत्रकार पुस्कर भट्ट पक्राउ परेका छन् । जिल्लाको भीमदत्त नगरपालिका वडा नम्बर १० गड्डाचौकीबाट उनलाई आज कञ्चनपुर प्रहरीले नियन्त्रणमा लिएको हो ।

उनी विरुद्ध विद्युतीय कारोबार सम्बन्धी मुद्धा दर्ता गरिएको छ । तर उनीविरुद्ध मुद्धा दर्ता गर्ने व्यक्तिको नाम भने सार्वजनिक गरेको छैन ।

जिल्ला अदालत कञ्चनपुरको अनुमति अनुसार पत्रकार भट्टलाई पक्राउ गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ । उनले जिल्ला प्रहरी कार्यालय, कञ्चनपुरमा कार्यरत प्रहरी निरीक्षक बिनु शाहीका विरुद्धमा समाचार तथा सामाजिक सञ्जालहरूमा विभिन्न आरोपहरू लगाएका थिए ।

भट्टले सामाजिक सञ्जालमा प्रहरी जवान नरेन्द्र नाथले राजीनामा दिएपछि प्रहरी निरीक्षक शाहीमाथि लगाएको आरोपको भिडिओसमेत सार्वजनिक गरेका थिए ।

कञ्चनपुर प्रहरीले विज्ञप्ति नै जारी गरेर नाथको आरोपको खण्डन गर्दै भ्रमपूर्ण समाचार र स्टाटस नलेख्न चेतावनीसमेत दिएको थियो ।

पक्राउ परेका भट्ट गायत्री टुर एण्ड ट्रभल्सको बजार व्यवस्थापनकसमेत हुन् । उनीमाथि थप अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077