Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

अब तामाङ समुदायबाट मन्त्री बनाउने प्रधानमन्त्री प्रचण्डको घोषणा

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तामाङ समुदाय बाट अब मन्त्री बनाउने घोषणा गरेका छन् ।

सोनाम ल्होसारको अवसरमा काठमाडौं आयोजित समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले मन्त्रिमण्डल पुनर्गठन हुने बताउँदै सो घोषणा गरेका हुन् ।

मन्त्रिमण्डल पुनर्गठन हुने निश्चित भएको भन्दै उनले त्यसमा तामाङ समुदायका एकजनालाई मन्त्री बनाउने घोषणा समेत गरे ।

प्रधानमन्त्री प्रचण्डले भने, ‘पुनर्गठन त हुन्छ नै । पुनर्गठन हुनेबित्तिकै तामाङ मन्त्री हुन्छ। यो विश्वास म तपाईंहरूलाई दिलाउन चाहन्छु। तपाईं लाखौं जनसमुदायको अगाडि मैले यो कमिटमेन्ट गरेको छु।’

यस्तै गत वर्ष पनि आफूले सोनाम ल्होसारको अवसर पारेर घोषणा गरेअनुसार वागमती प्रदेशमा तामाङ समुदायबाट मन्त्री बनाइएको उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077