Jun 06 2026 | २०८३, जेठ २३ गते

06 Jun 2026 | शनिवार, जेठ २३ गते २०८३

शनिवार, जेठ २३ गते २०८३
images
images

म देशमा धेरै परिवर्तन गर्न सक्छु, सरकारको नेतृत्व दिनुस् : विप्लव

बुटवल । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले आफुलाई सरकारको नेतृत्व दिन आग्रह गरेका छन् ।

शनिबार बुटवलमा आयोजित अन्तरक्रियामा बोल्दै उनले सो आग्रह गरेका हुन् ।

उनले जनमत संग्रह, निर्वाचन वा संविधान संशोधन जेबाट भएपनि आफुलाई पाँच वर्ष सरकारको नेतृत्व दिन दलहरुसँग आग्रह गरे ।

सरकारको नेतृत्व पाए आफूले देशमा धेरै परिवर्तन गर्नसक्ने उनको दाबी छ । उनले दलाल पुँजिवाद र साम्राज्यवाद देशको मुख्य दुस्मन भएको टिप्पणी गरे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077