Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

भरुवा बन्दुक र लागुऔषधसहित दुईजना पक्राउ

काठमाडौं । भरुवा बन्दुक र लागुऔषधसहित उदयपुरबाट दुईजना पक्राउ परेका छन् ।

प्रहरी प्रधान कार्यालयका अनुसार पक्राउ पर्नेमा बेलका नगरपालिका–६ का २४ वर्षीय दिपेश राई र बेलका–९ का ३० वर्षीय भूपेन्द्र राई छन् ।

शुक्रबार दिउँसो उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

दिपेशको घर तलासी गर्दा ‘लोड’ गरेर राखिएको अवस्थामा भरुवा बन्दुक एकथान, त्यसमा लाग्ने बारुद, नियन्त्रित लागुऔषध ट्रामाडोल १२ चक्की र गाँजा ५१० ग्राम फेला पारी दुवैजनालाई पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077