Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घरको तीन तलाबाट हामफालेकी आमा र कोठामा बेहोस भेटिएका दुई बच्चाको मृत्यु

काठमाडौं । ललितपुरको महालक्ष्मी नगरपालिका–३, इमाडोलमा घरको तीन तलामाथिबाट हामफालेकी एक महिला र उनका दुई बच्चाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी परिसर, ललितपुरका अनुसार ओचुहाइटमा बस्ने रविना महर्जनले घरको तीन तलामाथिबाट हामफाल्दा मृत्यु भएको हो ।

उनको किस्ट अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । साथै उनको कोठामा बेहोस अवस्थामा भेटिएका दुई जना बच्चाको पनि मृत्यु भएको छ ।

उनकी छोरी २ वर्षीया रविना महर्जन र ६ वर्षीय अश्वेत महर्जनलाई पनि बेहोस अवस्थामा उद्दार गरेर किस्ट अस्पताल लगिएको थियो ।

दुवैको पनि उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । ती बालबालिकाको मृत्युको कारण भने खुलेको छैन् ।

बच्चाहरूको मृत्यु कसरी भएको भन्नेबारे पोष्टमार्टम रिपोर्ट आएपछि मात्रै थाहा हुने प्रहरीको भनाई छ । घटनाबारे प्रहरीले थप अनुसन्धान थालेको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077