Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

चुनावमा जनादेश लुटिएको भन्दै इमरान खानको पार्टीद्धारा आन्दोलनको तयारी

एजेन्सी । पूर्व प्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तेहरिक-ए-इन्साफ (पीटीआई)ले चुनावमा जनादेश लुट्ने प्रयास भएको भन्दै आन्दोलन सुरु गरेको छ ।

पीटीआई ले चुनाव जितेको दाबी गर्दै देशका धेरै भागमा विरोध प्रदर्शनको घोषणा गरेको हो । पार्टीले चुनावमा पाएको जनादेश लुट्ने प्रयास भइरहेको आरोप लगाएको छ ।

पार्टीले लाहोर, फैसलाबाद, रावलपिंडी, मुल्तान, बहावलपुर, डेरा गाजी खान र गुजरनवालामा कार्यकर्ताहरूलाई प्रदर्शन गर्न आग्रह गरेको छ।

अहिलेसम्मको नतिजामा पीटीआईले समर्थन गरेका स्वतन्त्र उम्मेदवारले सबैभन्दा बढी सिट जितेका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077