Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

विश्वप्रकाश शर्माले भने - रुसी सेनामा भर्ना भएका नेपालीको छिटो उद्धार गरौँ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले रूसी सेनामा भर्ती भएका नेपालीलाई फर्काउन माग गरेका छन् ।

आइतबार प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराएका हुन् ।

उनले रूसी सेनामा भर्ती भएका नेपालीलाई फर्काउनसमेत सरकार चुकेको आरोप लगाए । रूसले नेपालीमाथि अमानवीय व्यवहार गरेको उनको भनाई छ ।

रूसी सेनामा भर्ती भएका तर अहिले छोडेर फर्कन चाहनेलाई रूसले नेपाल फर्कन नदिएको उनले बैठकमा जानकारी गराए ।

अवैध तरिकाले रूसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा हालसम्म १४ जना नेपालीको मृत्यु भएको औपचारिक जानकारी नेपाल सरकारले प्राप्त गरिसकेको छ ।

रूसी सेनामा भर्ती भएका १४० जनाभन्दी बढीका परिवारले उनीहरूलाई फिर्ता गर्नको लागि अनुरोधसहितको निवेदन दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077