Online Nepal
  • शनिबार, ५ जेष्ठ २०८१
  • विश्वप्रकाश शर्माले भने – रुसी सेनामा भर्ना भएका नेपालीको छिटो उद्धार गरौँ

    विश्वप्रकाश शर्माले भने – रुसी सेनामा भर्ना भएका नेपालीको छिटो उद्धार गरौँ

    अनलाइन नेपाल
  • आइतबार, २८ माघ २०८०
  • 462
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले रूसी सेनामा भर्ती भएका नेपालीलाई फर्काउन माग गरेका छन् ।

    आइतबार प्रतिनिधिसभा अन्तर्गत रहेको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले उपप्रधान एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई ध्यानाकर्षण गराएका हुन् ।



    उनले रूसी सेनामा भर्ती भएका नेपालीलाई फर्काउनसमेत सरकार चुकेको आरोप लगाए । रूसले नेपालीमाथि अमानवीय व्यवहार गरेको उनको भनाई छ ।



    रूसी सेनामा भर्ती भएका तर अहिले छोडेर फर्कन चाहनेलाई रूसले नेपाल फर्कन नदिएको उनले बैठकमा जानकारी गराए ।

    अवैध तरिकाले रूसी सेनामा भर्ती भई युक्रेनसँगको युद्धमा हालसम्म १४ जना नेपालीको मृत्यु भएको औपचारिक जानकारी नेपाल सरकारले प्राप्त गरिसकेको छ ।

    रूसी सेनामा भर्ती भएका १४० जनाभन्दी बढीका परिवारले उनीहरूलाई फिर्ता गर्नको लागि अनुरोधसहितको निवेदन दिएका छन् ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार