Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

रानाको मृत्यु प्रकरण : प्रहरी हवल्दारसहित दुईजना पक्राउ

कञ्चनपुर । कञ्चनपुरको लालझाडी गाउँपालिका–३ का २८ वर्षीय राजकुमार रानाको मृत्यु घटनामा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा कृष्णपुर नगरपालिका–६ का महेश चौधरी र चेतराज भण्डारी रहेका छन् ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार मृतकका परिवारले दिएको किटानी जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।

चौधरी र भण्डारीलाई इलाका प्रहरी कार्यालय झलारीको टोलीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

पक्राउ पर्ने चौधरी प्रहरी सहायक हवल्दार समेत हुन् । राना गत २८ असोजमा कृष्णपुर नगरपालिकाको बालुवाफाँटा जंगलमा मृत भेटिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077