Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

लाइन बस्न नपर्नेगरी सेवा दिन विमानस्थल अध्यागमनलाई संसदीय समितिको निर्देशन

काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले त्रिभुवन विमानस्थलको अध्यागमनमा लाइन बस्न नपर्ने गरी सेवा दिन निर्देशन दिएको छ ।

आइतबार उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, गृह सचिव दिनेश भट्टराई र प्रहरी महानिरीक्षक वसन्त कुँवर, अध्यागमन विभागका प्रमुख रुद्रसिंह तामाङसँग छलफलपछि समितिले कर्मचारी थपेर भए पनि विमानस्थलमा लाइन बस्न नपर्ने व्यवस्था गर्न निर्देशन दिएको हो ।

समितिले मानव तस्करी नियन्त्रण गर्न, भिजिट भिसामा देखिएका समस्या समाधान गर्न, भिक्षुहरुलाई श्रम भिसा दिनु भन्दा आवश्ययक ऐन नियम परिमार्जन गरी उपयुक्त भिसा दिन पनि निर्देशन दिएको समितिका सभापति रामहरि खतिवडाले बताए ।

उनले भने–‘संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग समन्वय गरी जनशक्ति थप गरी बाहिरबाट आउँदा भीड नहुने गरी सहजता दिन पहल गर्न निर्देशन दिने निर्णय भएको छ ।’

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077