Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

तालिम अभ्यासका क्रममा जोर्डनका दुई पाइलटको मृत्यु

अम्मान । तालिम अभ्यासका क्रममा विमान दुर्घटना हुँदा रोयल जोर्डन वायुसेनाका दुई पाइलटको मृत्यु भएको छ ।

मेजर पाइलट उमर अता अल–अब्बादी र क्याप्टेन मोहम्मद अब्दुल्लाह अल–खुदैरको मृत्यु भएको राज्य सञ्चालित पेट्रा समाचार एजेन्सीले आइतबार जनाएको छ ।

विमान उत्तरी सहर माफ्राकमा रहेको किङ हुसेन एयर बेसमा दुर्घटनाग्रस्त भएको पेट्राले जनाएको छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान जारी छ । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077