Jul 22 2026 | २०८३, श्रावण ६ गते

22 Jul 2026 | बुधवार, श्रावण ६ गते २०८३

बुधवार, श्रावण ६ गते २०८३
images
images

त्रिवि उपकुलपतिको सर्ट लिस्टमाथि नै आशंका, समितिले बोलायो शिक्षामन्त्री

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा विवादित व्यक्तिलाई सर्ट लिस्टमा पारेको र दैनिक काम गर्नेमात्र अधिकार लिएका त्रिविका काम चलाउ उपकुलपति शिवलाल भुसालले गरेको नियुक्तिको विषयमा सोधपुछ गर्न आज सोमबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईलाई संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले बोलाएको छ।

मन्त्री राई त्रिविका सहकुलपति एवं उपकुलपति छनोट समितिका संयोजक छन् । समितिका सभापति भानुभक्त जोशीले त्रिविको सर्ट लिस्टमा परेको व्यक्तिको बारेमा जानकारी लिन र त्रिविका काम चलाउ उपकुलपति भुसालले एकपछि अर्को नियुक्तिको बारेमा सोधपुछ गर्न मन्त्री राईलाई बोलाएको जानकारी दिए ।

उपकुलपतिको सर्ट लिस्टमा परेकामध्ये तीर्थ खनियाँलाई बौद्धिक चोरीको आरोप लागेको छ। त्रिविका काम चलाउ उपकुलपति भुसालमाथि राष्ट्रिय सूचना आयोगले जरिवाना गराएको केशरजंग बरालमाथि पोखरा विश्वविद्यालयको कुलपति हुँदा सम्बन्धन प्रक्रियामा कैफियत गरेका व्यक्तिको रूपमा चिनिएका छन्।

अरूहरूको भन्दा पनि बढी तीन जनाको विरोध सुनिएको छ। ‘यस्ता विवादित विषय आएपछि त्यस विषयमा जानकारी लिन छनोट समितिका संयोजकसमेत रहेका मन्त्री राईलाई बोलाएका हौं’ –समितिका सभापति जोशीले भने ।

धेरै विषयहरू सामाजिक सञ्जालमा देखेका तथा सर्ट लिस्ट जारी गर्दा के भएको हो यथार्थ जानकारी लिन मन्त्रीलाई बोलाएको उनको भनाइ छ ।

उनका अनुसार उपकुलपतिको सर्ट लिस्टमा देखिएका व्यक्ति र सर्ट लिस्ट तयारीको आधारबारे जानकारी लिन मन्त्री राईलाई बोलाइएको हो। नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077