Jul 24 2026 | २०८३, श्रावण ८ गते

24 Jul 2026 | शुक्रवार, श्रावण ८ गते २०८३

शुक्रवार, श्रावण ८ गते २०८३
images
images

कांग्रेस महासमिति बैठक : स्थानीय व्यवस्थापन उपसमितिमा १० सदस्य थप

काठमाडौं । नेपाली कांग्रेसको आसन्न महासमिति बैठकको स्थानीय व्यवस्थापन उपसमितिमा दश सदस्य थप गरिएका छन् ।

कांग्रेसको आगामी फागुन ७ देखि १० गतेसम्म ललितपुरको गोदावरीमा हुने महासमितिको बैठकमा स्थानीय व्यवस्थापनलाई व्यवस्थित एवं प्रभावकारी बनाउन उक्त समितिमा दश सदस्य थप गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।

कांग्रेस ललितपुरका सभापति जीतेन्द्रकुमार श्रेष्ठको संयोजकत्वमा सो समिति गठन छ ।

उक्त समितिमा गोविन्द पुडासैनी (काठमाडौं), सुशील बस्नेत (भक्तपुर), वशिष्ठकुमार अधिकारी (ललितपुर), इन्द्रबहादुर थापा (काठमाडौं), राजेश खड्का (भक्तपुर), लक्ष्मी महर्जन (ललितपुर), यादवप्रसाद अधिकारी (भक्तपुर), रोमेल श्रेष्ठ (काठमाडौं), सुन्दरमान थिङ (ललितपुर) र शुभानन्रत्न धाख्वा (ललितपुर) लाई थप गरिएको मुख्यसचिव पौडेलले बताए । रासस

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077