काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ ।
जसअन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे बस्न लागेको हो ।
बैठकमा उपकुलपति नियुक्ति प्रक्रियालगायत विषयमा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयसँग छलफल हुनेछ ।
मन्त्री नेतृत्वको सर्च कमिटीले उपकुलपतिका लागि निवेदन आह्वान गरेपछि ४३ जनाको आवेदन परेको थियो । तीमध्येबाट १४ जनाको सर्टलिस्ट सार्वजनिक भइसकेको छ ।
सोमबारको बैठकमा अन्य विश्वविद्यालयमा उपकुलपति नियुक्ति प्रकरणबारे पनि छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा समितिगत विषयमा छलफल हुने बताइएको छ ।