Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

प्रहरीले खोजेको बेला उपस्थित हुने शर्तमा छुटे रत्नेश्वर शर्मा

काठमाडौं । मुद्दा मिलाइदिन्छु भन्दै ठगी गरेको आरोपमा पटक-पटक पक्राउ परेका रत्नेश्वर प्रसाद शर्मा पुनः रिहा भएका छन् ।

ललितपुर जिल्ला अदालतका न्यायाधीश पुष्पराज थपलियाको इजलासले उनलाई हिरासतमा राख्न अनुमति नदिएपछि थुनामुक्त भएका हुन् ।

जिल्ला प्रहरी परिसर ललितपुरले १० करोड रुपैयाँ ठगीको जाहेरी परेपछि ५४ वर्षीय शर्मालाई गत बिहीबार लगनखेलबाट पक्राउ गरेको थियो ।

तर हिरासतमा राख्न अनुमति नदिएपछि उनी छुटेका हुन् । शर्माले आफूलाई वकिल भनेर बताउने गर्दछन् तर उनलाई कतिपयले विचौलियाका रुपमा चिन्छन् । महोत्तरीको लोहरपट्टी नगरपालिका ७ घर भएका शर्मा हाल काठमाडौंको तीनकुनेमा बस्छन् ।

यसअघि पनि पटक पटक पक्राउ परिसकेका शर्माविरुद्ध यसपटक भने उनकै साझेदारले जाहेरी दिएका थिए । जाहेरीपछि शर्माविरुद्ध जिल्ला अदालत ललितपुरले माघ १२ गते पक्राउ पुर्जी जारी गरेको थियो । यसअघि पनि उनी १० लाख १६ हजार रुपैयाँ ठगी गरेको आरोप पक्राउ परेका थिए ।

[insert page='266198' display='yopanipadhnuhos.php']

बैंकिङ कसुरको आरोपीलाई थुनामुक्त गरिदिन्छु भन्दै ठगी गरेको आरोपमा उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको थियो । सो मुद्दामा उनी १५ दिन हिरासतमा बसेर छुटेकोमा पुनः पक्राउ परेका थिए । यसपटक पनि प्रहरीले हाजिरी जमानीमा खोजेको बखत उपस्थित हुने शर्तमा उनी रिहा भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077