Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बहिनीको प्रेम सम्बन्ध छुटाउन किशोरको हत्या, नेपाली सेना रहेको किशोरिका दाजुसहित तीन जना पक्रउ

दोलखा । दोलखाको शैलुङ गाउँपालिका–४ मागापौवामा गैरदलित किशोर र दलित किशोरीबीचको प्रेम सम्बन्ध छुटाउनका युवकको हत्या भएको खुलेको छ ।

शैलुङ गाउँपालिका–५ काटाकुटीकी १६ वर्षीया दलित किशोरीसँगको प्रेम सम्बन्धमा रहेका १८ वर्षीय युवक भीष्म भण्डारीको हत्यामा किशोरीको परिवार संलग्न रहेको प्रहरीले जनाएको हो ।

गत पुस १६ मा बीभत्स रूपमा हत्या गरी फालिएको अवस्थामा भीष्मको शव फेला परेको थियो । भीष्मको हत्यामा किशोरीका बुबासहित काका र नेपाली सेनामा कार्यरत दाजु संलग्न रहेको पाइएको प्रहरीले जनाएको छ । हत्या आरोपमा शैलुङ गाउँपालिका–५ का किशोरीका बुवा ईश्वर नेपाली, पुस्कर नेपाली र विशाल नेपाली पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार पुस ११ गते इश्वरकी छोरी र भीष्‍मसँगै फेला परेका थिए । भीष्मको शव पुस १६ गते शैलुङ गाउँपालिका–५ मा फेला परेको थियो ।

घरपरिवारले भीष्मलाई देखेपछि खुकुरी प्रहार गरी हत्या गरेको खुलेको हो । परिवारले मापसे गरेको र आवेगमा आएर हत्या गरेको बयान दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077