Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज सुनको भाउ घट्दा चाँदी स्थिर, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । सोमबार स्थिर रहेको सुनको भाउ आज प्रतितोला तीन सय रूपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १७ हजार सात सय रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार एक सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख १८ हजार रूपैयाँ र तेजाबी सुन प्रतितोला एक लाख १७ हजार चार सय ५० रूपैयाँमा कारोबार भएको थियो।

यस्तै आज चाँदीको मूल्य भने स्थिर रहेको छ । तोला १३ सय ९५ रूपैयाँमा चाँदी कारोबार भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077