Jul 23 2026 | २०८३, श्रावण ७ गते

23 Jul 2026 | बिहिवार, श्रावण ७ गते २०८३

बिहिवार, श्रावण ७ गते २०८३
images
images

सुनसरीबाट २३७ किलो गाँजासहित १४ भारतीय र दुई नेपाली गरी १६ जना पक्राउ

धरान । धरानमा ठूलो परिणामको प्रतिबन्धित लागुऔषध गाजाँसहित १६ जना पक्राउ परेका छन् । धरानको बेस क्याम्पमा सवारी चेकचाज गर्ने क्रममा इलाका प्रहरी कार्यालयको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

१ सय ४९ केजी गाजाँसहित १४ भारतीय र धरान ११ बाट ८८ केजी गाँजासहित दुईजना नेपालीलाई पक्राउ गरिएको धरान प्रहरीले जनाएको छ ।

गाँजासहित पक्राउ पर्नेमा भारतको विहार राज्यस्थित कटिहार जिल्ला महेशपुर ग्राम पञ्चायत वडा नम्बर ४ का सन्तोषकुमार साह,रिकंकीदेबी यादव, रेखादेवी यादव, गोपी मण्डल, दयानन्द मण्डल, राजेश मण्डल, पुनमदेबी मण्डल, गुडियादेबी मण्डल, भागलपुर जिल्ला खन्जनपुरका शिवम सिंह, सत्यमकुमार यादव, कुमार सिंह,संजयकुमार मण्डल, पुर्णियाँका अंकितकुमार यादव, राजा जयसवाल रहेका छन् ।

सवारी चेकजाच गर्ने क्रममा भारतीय नम्बर प्लेटको बीआर १० एजे ४४८६, बीआर १० पी ९१५४ र एमपी १७ टिए ०५१२ नम्बरको गाडीमा लोड गरी धनकुटाबाट धरानतर्फ आउँदै गर्दा गाँजा कारोवारमा संलग्न व्यक्तिहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय धरानले जनाएको छ ।

तीनवटै गाडीका चालकसहित १४ जनाविरुद्ध जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

त्यस्तै धरान ११ का मौषम राईको टेम्पोबाट ३६ किलो गाँजा र अभिशेक शेर्माको अर्को टेम्पोबाट ५२ केजी गाँजासहित दुबैजनालाई पक्राउ गरिएको छ । उनीहरुमाथि पनि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077